२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीका कारण २० करोड मानिस बेरोजगार हुने आईएलओको आशंका



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण सार्वजनिक गरेको छ । बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै आईएलओले महामारीको असर सन् २०२२ मा पनि रहनेछ र २० करोड मानिस बेरोजगार हुने आशंका छ ।

रिपोर्टमा उल्लेख भएअनुसार अहिले नै १० करोड ८० लाख मानिस गरीब वा अत्यन्त गरीबको क्याटेगोरीमा आएका छन् ।  

कुल १६४ पृष्ठ लामो 'विश्व रोजगार तथा सामाजिक परिदृश्य : प्रवृत्ति २०२१' नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको असर कैयौं वर्षसम्म रहनेछ । 

रोजगारी र काम गर्ने समयमा कमीका कारण बेरोजगारी संकट थप गहिरो बन्नेछ । 

महामारीको संकट नआएको भए संसारमा ३० करोड नयाँ जागिर सन् २०२० मा नै सिर्जना हुने थियो भनी प्रतिवेदनले औंल्याएको छ ।