८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

सत्तरी वर्षको उमेरहद उपयोगी भएनः ओली

सत्तरी वर्षको उमेरहद उपयोगी भएनः ओली
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ ।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टिकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताउनु भयो । उहाँले केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनि प्रश्न समेत गर्नु भयो ।

काम गर्न सक्छन भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । उहाँले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । ओलीले भन्नु भयो, ‘अव थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थितिभएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरुलाई आउन, उहाँहरुलाई एकजष्ट गर्न, उहाँहरुलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन प¥यो । ७० वर्ष कहिँपनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाई राख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौं । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो । त्यसकारण हामीले हटाउने भन्यौं ।

यसमा फेरी हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस्न आउँदो महाधिवेशनमा । हुनुस्न अध्यक्ष कसलाई मन लाग्छ । उपाध्यक्ष, महासचिव हुनुस् । झन राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लडन पाउने भए । अनि किन आपत्ति जनाएको ? दौडिनुस । यति वर्ष भन्दामाथिकालाई दौडन दिन्न किन भन्ने ? ७० कासँग दौडनुस । ७० कासँग दौडँदा अगाडि जानु भयो भने ठिकै छ । पदक लिनुस । दौडन नसक्ने, घरमा बस्ने अनि घरमा बसेर गफ गरेर ७० वर्ष किन हटाइयो भन्ने फेरी । यो राजनीतिक कुरा भएन । कुनै पनि पार्टीमा संसदमा यस्तो छैन । यस्तो अमेरिकामा छ, बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ, चीनमा छ, कहीँ छ ? चीनमा थियो, हटिसक्यो ,। अव सिजिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो । हटाई सके ।

उहाँले ७० वर्ष पनि पार गरिसक्नु भयो । अनि, चीनले पनि यसलाई सच्यायो । ६५ वर्ष थियो साईप्रसमा । साईप्रसले पनि हटाईसक्यो काम लाग्ने रहेनछ भनेर । सबभन्दा पछि हामीले राखेका हौं ७० वर्ष । दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा । चिनिया कम्युनिष्ट पार्टी, साईप्रसको पार्टी र हाम्रो पार्टी । अरुले छाडे, हामीले पनि अन्तिममा छोडनै प¥यो । किनभने यो उपयोगी भएन । त्यसकारण यस्ता कुरामा अल्मिलिएर, अल्झेर, राजनीतिक कुरा नगरेर ७० वर्ष भयो कि नभएन ? दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा एमाले किन गर्न जरुरी छ ? त्यसकारण हामीले त्यसलाई छोडने भएका हौ । त्यसका कुनै साथीहरुले बेकारमा चर्चा, परिचर्चा गरेर । कोही भन्दै हिँडेका छन–यो महाधिवेशनमा हुन दिँदैनौं । अव यही कुरा बाँकि छ हामीले गर्नुपर्ने ? महाधिवेशनमा नीति तय गर्ने, कसरी जाने, कसरी लाने भन्ने कुरा भन्दा यस्ता नचाहिने कुरामा अल्मलिने ? काम गर्न नसक्ने छ भने ७० वर्ष चाहिँदै चाहिदैन ।

६० वर्षमा पनि काम गरेन भने के गर्ने ? काम गर्न नसक्नेभएपछि त सिद्धियो नि । काम गर्न सक्दैछ भने हामी कसैलाई उम्मेदवार बनाउँदैनौं । उम्मेदवार बन्छ कोही भने काम गर्न नसक्ने मान्छे उम्मेदवार भएछ भने भोट नदिउला नि के भयो र । काम गर्न नसक्नेलाई भोट नदिने कुरा त हाम्रै हातमा छ नि त । त्यसो भएर यस्ता अनाआवश्यक कुरामा अल्झिरहने होइन । यो नचाहिने कुरामा अल्मलिने होइन । हामी राजनीतिक भएर बुढाबुढीहरु लौरो टेकेर अघि बढ भन्छौ हामी ।

केटाकेटीहरु अगाडि बढ, युवाहरु अगाडि बढ । किशोरकिशोरीहरु अगाडि बढ । अहिले जो १४ वर्षका केटाकेटी अव २०८४ को चुनावमा मतदाता हुन्छन । उनीहरुलाई पनि अलमल नगराई लिएर जानुछ हामीले । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–नयाँ पट्टी फर्किऊ । नयाँ बनाऊ । अव कोहीकोही बुढाबुढी भएर पनि काम गर्न सक्छौं भन्छन भने । उमेरले जे भएपनि मान्छे काम गर्न सक्छ भने काम गर्न दिने । हामीले काम गर्न नदिनुपर्ने केही जरुरी छैन । काम गर्न रोक्नुपर्ने, काम गर्न प्रतिबन्ध लगाउनुपर्ने केही जरुरी छैन । काम गर्न सक्छन भने दिने । त्यसकारण म दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–हामी जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढनुहोस् ।’

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सिद्धिसकेका तत्वहरुले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उहाँले बताउनु भयो । ओलीले भन्नु भयो, ‘मिसन २०८४ । हामीलाई चाहिएको हरेक वडामा एमालेको बहुमत । माथि यसै बहुमत हुन्छ । जिल्लामा बहुमत, प्रदेशमा बहुमत भन्नै पर्दैन । वडामा बहुमत भयो भने सबैतिर बहुमत यसै हुन्छ ।

आफ्नो बडामा बहुमत बनाउन त्यत्ति त सकिन्छ होला नि । अन्तको कुरा छोडिदिऊ । आफू बसेको बडामा बहुमत बनाऔं । एक्लै बहुमत बनाऊ । सिद्धिएका तत्वहरु मिलेर मोर्चा बनाउँछन रे । अनि के हुन्छ त्यो मोर्चाले ? त्यसकारण यस्ता कुनै पनि कुराहरुसँग हामीले वास्ता गरिरहनुपर्ने होइन । हामी दृढताका साथ अगाडि बढछौं । यो कुरा ख्याल राख्नुस–हामो पार्टीको विरुद्ध पार्टीलाई लाञ्छना लगाउने, पार्टीको अपमान गर्ने, पार्टीले गरेका कामहरु बिसाई दिने, केही गरेकै छैन भन्ने अनि अनेक प्रकारका आरोप, लाञ्छना, पार्टीलाई जनतामा अलग गराउने, पार्टी प्रति जनताको मनमा घृणा फैलियोस् । त्यस प्रकारका प्रयासहरु गलत तत्वहरु, जो यो देशमा प्रगति नहोस् । यो देशमा राष्ट्रिय एकता बलियो नहोस् ।

यस देशका जनताको एकता बलियो नहोस् । र, यो देशका विकास नहोस् भन्ने चाहन्छन । त्यस्ता तत्वहरु एमाले विरुद्ध एकजुट भएर लागेका छन । यो कुराबाट तर्सिनुपर्ने छैन । अरु एकातिर, एमाले एकातिर । एमाले एक्लै ५० प्रतिशतभन्दामाथि । भईगो नि । त्यसकारण हामी एक्लै ५० प्रतिशत भन्दा माथि हुने गरी अगाडि बढनु पर्छ ।’

ओली देशविरोधी शक्तिहरु एमालेको विरुद्धमा लागि परेको आरोप समेत लगाउनु भयो ।