• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

इमाडोलको बीच सडकमा बस दुर्घटना



काठमाडौं । ललितपुरको लुभुबाट लगनखेल आउँदै गर्दा शनिबार बिहान इमाडोलको बीच सडकमा दुर्घटना भएको छ ।

बा २ ख ८५८३ नम्बरको बस पल्टिँदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचारको बी एण्ड बी अस्पताल भैरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

तस्बिर: पासाङ घिसिङ / रासस