२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ–प्रधानन्यायाधीश कार्कीको न्यायिक अनुभव



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गर्नुभएका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति त्यतिकै सजग र संवेदनशील रहने पनि स्पष्ट गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले भन्नुभएको छ, “सबैका लागि न्याय सुनिश्चित गर्ने मुख्य जिम्मेवारीप्रति त्यतिकै प्रतिबद्ध रहनेछु । प्रस्तुत कार्ययोजनाबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवं विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने ठानेको छु ।”

विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मनुभएका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गर्नुभएको थियो । लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाउनुभएका उहाँले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो । सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका उहाँ नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष हुनुभएको थियो । विसं २०७२ मा सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गर्नुभएका कार्कीलाई न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ ।

संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उहाँको कार्ययोजना र उहाँविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । समितिको निर्णयपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त उहाँले आजै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । रासस




भर्खरै