११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

महामारीसँग जुध्नका लागि आन्तरिक पहल र बाह्य सहयोगको खाँचो: पूर्व राजा ज्ञानेन्द्र

महामारीसँग जुध्नका लागि  आन्तरिक पहल र बाह्य सहयोगको खाँचो: पूर्व राजा ज्ञानेन्द्र
अ अ+ अ-

काठमाडौ। पूर्व राजा ज्ञानेन्द्र शाहले महामारीसँग जुध्नका लागि  आन्तरिक पहल र बाह्य सहयोगको खाँचो रहेको बताउनु भएको छ । कोरोना सक्रमणबाट मुक्त भएपछि पूर्वरानी कोमल शाह संगै बसेर एक भिडियो सन्देश  जारी गर्दे पूर्वराजा शाहले  आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गर्नुभएको छ ।

सन्देशमा पूर्व राजाले भन्नुभएको छ ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।

उहाले ‘ग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई पनि धन्यवाद दिन भएको छ । पूर्वराजा शाहले सबैमा महामारीबाट जोगिनका लागि सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

पूर्वराजा शाहले हाल संक्रमण भइ उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै कोभिड–१९ का कारण निधन भएकाहरुको चीरशान्ति र उनीहरुको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्रार्थना गर्दे प्राप्त सहयोगको लागि  अन्तर्राष्ट्रिय जगतलाई पनि धन्यवाद दिनुभएको छ ।

भारतमा आयोजित कुभ्ममेलामा सहभागी हुने क्रममा पूर्बराजदम्पतीलाई कोरोना सक्रमण भएको थियो । केही दिन होम आईसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्या भएपछि  नर्भिक अस्पतालमा करिब दुई साता उपचार पछि कोरना सक्रमण मुक्त भएर डिस्चार्ज हुनु भएको थियो ।