• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त, आजै शपथ, आजै पदबहाली



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

आज (शुक्रबार) साँझ ५ः१५ मा राष्ट्रपति पौडेलले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले आजै सर्वोच्च अदालत पुगी पदबहाली गर्नुहुनेछ ।