२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्यु भएका सङ्क्रमितका परिवारलाई २५ हजार



अ+ अ-

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शङ्कास्पद लक्षण भएका तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासिनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई रु पाँच हजार दिने निर्णय गरिएको हो ।

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने जनाइएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षितरूपमा बढेसँगै रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले जानकारी दिनुभयो ।