५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण -पत्र सहित



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा धिकरणले काठमाडौं महानगर प्रमुख शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ । यस्तै, प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समेत भनेको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

यो कानुन उल्लंघन गरेको पुष्टि भएमा उनले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । यस्तै, जरिवाना नतिरेमा प्राधिकरणले उडानमा प्रतिबन्ध समेत लगाउन सक्ने कानुनमा व्यवस्था रहेको छ ।