३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६।२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ । 

यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२।७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । 

परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ । 
मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।