• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

अन्ततः ‘आदिपुरुष’का निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग



काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ । चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयर बालेनको चेतावनी आएपछि हटेको उल्लेख गरिएको छ । यद्यपि, समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्नेबारे प्रष्ट खुलाइएको छैन ।

उक्त संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । साथै, केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गर्दै संवाद आवाजरहित (बीप) बनाइएपछि प्रदर्शनको अनुमति दिइएको थियो ।