२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तर वर्षाका कारण बाढीले पुल बगाउँदा समस्या



अ+ अ-

ताप्लेजुङ । अत्यधिक वर्षाका कारण अहिले ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवनमा असर परेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयवासीले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुईवटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पर्‍याएको छ । स्थानीयवासी पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावरहाउस बाढीले क्षति पुर्‍याएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ ।

यस्तै स्थानीय जगत्बहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाका कारण बाढी र पहिराको जोखिम रहेकाले विद्यालयहरु बन्द गरिएको हो ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताउनुभयो । “विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढी पहिराको त्रासमा छन्”, उहाँले भन्नुभयो । विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिमलगायत ठाउँमा वर्षा भइरहेको छ ।रासस




भर्खरै