२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार
अ अ+ अ-

काठमाडौँ । सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना महामारी नियन्त्रणका क्षेत्रमा टेलिफानमार्फत नै आवश्यक सहयोगको  अपिल गर्नुभएको थियो । उहाँहरुबीचको वार्तापछि चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । यो खोप मङ्गलबार र बुधबार नेपाल आइसकेको छ ।

चीन सरकारले यसअघि पनि आठ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो । हालसम्म चीन सरकारले १८ लाख डोज खोप उपलब्ध गराएको नेपाल सरकारले जनाएको छ । सरकारले उक्त खोप यही जेठ २५ गतेबाट ६० वर्षदेखि ६५ वर्षसम्मका सातै प्रदेशका नागरिकलाई लगाउन शुरु गर्ने निर्णय पनि गरेको छ ।

“चीनबाट आएको १० लाख डोज भेरोसेल खोप ६० वर्षदेखि ६५ वर्षका व्यक्तिलाई मात्र लगाउन मिल्ने हो, अरु उमेरकालाई लगाउन मिल्दैन”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले भन्नुभयो, “एकपटक पनि नलगाएका व्यक्तिलाई त्यो खोप लगाइन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङकअनुसार कोभिड–१९ विरुद्ध नेपालले हालसम्म ४४ लाख डोज खोप प्राप्त गरेको छ । त्यसमध्ये सात लाख १४ हजार १६३ ले दुवै डोज खोप लगाएका छन् भने २१ लाख १३ हजार ८० नागरिकले एक डोज लगाएका छन् । करिब १४ लाख नागरिकले दोस्रो डोज लगाउन बाँकी छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप आउन नसक्दा उक्त खोप लगाउन समस्या भएको हो । नेपाल सरकारले भारत सरकारसँग ३० लाख डोजका लागि अपिल गरेको थियो । त्यसमध्ये २० लाख डोज खोपको पैसा पहिला नै सरकारले बुझाइसकेको छ तर १० लाख खोप मात्र प्राप्त भएको छ भने थप  १० लाख खोप भारतले अनुदानमा  दिएको थियो । नेपालले खरिद गरेको १० लाख खोप नआउँदा कोभिसिल्डको दोस्रो डोज अभाव भएको हो ।

“भारतबाट ल्याउनका लागि पैसा बुझाएको १० लाख डोज खोप आउन सकेको छैन, राष्ट्रपति, प्रधानमन्त्रीको पहलमा कोभिसिल्ड खोपका लागि पहल भइरहेको छ”, सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “सरकारबाट भारत, अमेरिका, रसिया र बेलायतसँग उक्त खोप ल्याउनका लागि पहल भइरहेको छ, जेठको अन्तिम वा असारको पहिलो हप्तासम्म आइपुग्ने तयारी छ ।”

मन्त्रालयका अुनसार कोभिडबाट नागरिकलाई बचाउनका लागि खोप प्रमुख कुरा हो । त्यसको पहल  भइरहेको छ । स्वास्थ्य सामाग्रीको अहिले अभाव छैन । कोभिसिल्डको दोस्रो डोज खोपका लागि आवश्यकता हो र त्यसका लागि पनि सरकारले पहल थालेको जनाएको छ ।

भारतबाट आउन नसकेपछि कोभिसिल्ड खोपको दोस्रो डोज लगाउनका लागि भने अहिले समस्या भइरहेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उत्पादन गर्ने देशहरु भारत, चीन, अमेरिका, बेलायत र रुसका राष्ट्रप्रमुखलाई पहल गरी खोप ल्याउनका लागि पहल गरिरहनुभएको छ ।

“राष्ट्रपतिले टेलिफोनमार्फत चीनका राष्ट्रपतिसँग भएको टेलिफोन सम्वादमा घोषणा भएबमोजिमको १० लाख डोज खोप नेपाल आइपुगेको छ”, राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले भन्नुभयो, “अहिले विश्वव्यापी कोभिडको सङ्क्रमण छ, यस्तो बेलामा अनुदान माग्ने कुरा भएन,नेपाल सरकारले तत्काल खरिद गर्न पहलस्वरुप पत्रमार्फत् भारत, अमेरिका, बेलायत र रुसलाई पठाउनुभएको हो ।”

राष्ट्रपतिले नेपाली जनताको जीवन रक्षाका लागि खोप नै जरुरी भएकाले खोप खरिदमा सहजीकरण गर्न आग्रह गर्दै उक्त राष्ट्रहरुमा पत्रचार गर्नुभएको हो । राष्ट्रपतिले पठाउनुभएको पत्रलगत्तै थाइल्याडका राजाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउनु भएको छ ।

“अमेरिकाबाट पनि स्वास्थ्य सामग्रीहरु अक्सिजन प्लान्ट, परीक्षण किटहरु आएको छ”, सल्लाहकार ढकालले भन्नुभयो, “फ्रान्सबाट प्राप्त सहयोग बुधबार नेपाल  आइपुगेको छ, त्यहाँबाट आठ वटा अक्सिजन प्लान्टसहित अरु स्वास्थ्य सामग्री नेपाल आएको छ । उता चीनको पनि सिचुवान प्राप्त तिब्बत सरकारबाट पनि छुट्टाछुट्टै सहयोग प्राप्त भएको छ ।” त्यस्तै नेपाललाई बेल्जियम, जर्मनी, बेलायत, जापानलगायतका देशबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १६ गते अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो । सोलगत्तै नेपालमा स्वास्थ्य सामग्री आइपुगेको छ भने खोपका लागि पहल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा आलीले बारम्बार यहाँस्थित विभिन्न राजदूतहरुलाई बेलाएर सहयोगको बारेमा परामर्श गर्नुका साथै र यहाँका वस्तुस्थितिबारे जानकारी गराइरहनुभएको थियो । अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय पत्रिका द गार्जियनमार्फत नेपालको स्थितिबारे जानकारी गराउँदै सहयोगका लाग अपिल गर्नुभएको थियो । सो अपिलपश्चात नेपालमा कोभिड–१९ को वस्तुस्थितिबारे अन्तर्राष्ट्रियस्तरमा चर्चा शुरु भएको छ । त्यहाँका अन्तर्राष्ट्रिय सङ्घसंस्थाका  बीचमा पनि नेपालका लागि आवश्यक सहयोगका बारे विचार विर्मश भएको बताइएको छ ।

बेलायतको संसद्मा कोभिडले नेपालमा पारेको अवसरबारे कुरा उठेको र त्यहाँका एक मन्त्रीले यस्तो बेलामा नेपाललाई सहयोग गर्ने आश्वासन पनि दिनुभएको थियो । उता अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले त्यहाँको सरकारी निकाय र अन्य निकायसँग छलफल गरी नेपाललाई आवश्यक परेको खोपका लागि अमेरिकी सरकारसँग पहल गरिरहेको जानकारी दिनुभएकोे छ ।

खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग द्विपक्षीय वार्ता गरेर कोभिडको खोप उपलब्ध गराउन र स्वास्थ्य सामग्री पठाउने विषयमा बारम्बार पहल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना सङ्कट भएको उल्लेख गर्दै बेलायतलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । बेलायतबाट निस्कने ‘द गार्जियन’ पत्रिकाको अनलाइन संस्करणमा लेखमार्फत ओलीले बेलायतलाई पत्र लेख्दै सङ्कटको बेलामा सहयोगको लागि अपिल गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले जी–७ मुलुकहरुको अध्यक्षको हैसियतमा बेलायतले अन्तर्राष्ट्रिय समर्थन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्थितिमा रहेको उल्लेख गर्नुभएको थियो । साथै बेलायतलाई मानव कल्याणकारी राष्ट्रका रूपमा लिँदै लेखिएको सो पत्रमा भनिएको छ, “नेपाल विश्वस्त छ कि बेलायतले आफ्नो प्रभाव प्रयोग गरी विश्वभरका मुलुकहरुलाई खोपहरु उपलब्ध गराउने काममा सुनिश्चित गर्दछ, विशेषगरी अत्यावश्यक रहेका मुलुकहरुलाई उपलब्ध गराउन पहल गर्नेछ ।”

“जनताको जीवन पहिलो प्राथमिकता हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “निर्वाचन अगाडि नै सम्पूर्ण नागरिकलाई भ्याक्सिन लगाउने तयारी सरकारले गरिररहेको छ ।” उहाँले भारतबाट खरिद गरेको खोप समयमा आउन नसकेपछि खोप उत्पादन गर्ने राष्ट्रहरुमा समेत सरकारले विभिन्न तरिकाले पहल गरिरहेको बताउनुभयो ।

यसरी खोप तथा अन्य आवश्यक सहयोगका लागि विदेशी राष्ट्रहरुसँग सहयोग मागेको नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि कोभिडविरुद्धको अभियानका लागि आवश्यक बजेट पनि विनियोजन गरेको छ ।  रु १६ खर्ब ४७ अर्बभन्दा बढी विनियोजनमा कूल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि रु एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ ।

बजेटमा कोरोना सङ्क्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ । बजेटले कोभिडविरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले औषधि खरिदका लागि रु पाँच अर्ब ६० करोड बजेट विनियोजन गरेको छ भने कोभिड खोप खरिदका लागि २६ अर्ब बजेट विनियोजन गरेको छ । त्यस्तै सरकारले १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख, बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।  डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु  ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु ७५ लाख, सूर्यविनायक अस्पतालका निम्ति रु ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका निम्ति रु एक करोड ५५ लाख प्रदान गरिएको छ ।

यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौवटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि रु दुई अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका उक्त प्रयास गरिएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको कूटनीतिक नियोग, टेलिफोन तथा पत्रमार्फत अन्तर्राष्ट्रियस्तरमा कोभिड–१९ नियन्त्रणको पहलस्वरुपः अन्तर्राष्ट्रियस्तरबाट स्वास्थ्य सामग्री उपलब्ध भइरहेको छ भने खोप लगाउन बाँकी नागरिकले पनि समयमै कोभिडविरुद्धको खोप लगाउन पाउने आशा जागेको छ ।