३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा २५ किलोमिटर सडक कालोपत्रे



अ+ अ-

महेन्द्रनगर । सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । यहाँको डोकेबजार देखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले तीस महिनाभित्र सक्नु  पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्रे भएको बताउनुभयो । तीन वटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो । 

“ पटक पटक निर्माणका लागि सयम थप गर्दा पनि काम भएन”, इन्जिनियर मडैले भन्नुभयो, “ अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महिना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।” कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ । 

त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने (बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका ८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् । 

“ त्यहाँ जिपिएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन”, इञ्जिनियर मडैले भन्नुभयो, “ स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।” भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाई छ । उक्त १२ सय मिटर सडक निर्माण कम्पनीले कालोपत्रे गर्ने तयारी गरिरहदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताइएको छ । रु १ अर्व ९ करोड भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई आवागमनमा निकै सहज हुनेछ ।