३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेण्ट लागेर महिलाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

सप्तरी । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।