२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघलाई मदिरा व्यवसायी महासंघको स्वास्थ्य सामाग्री सहयोग



अ+ अ-

काठमाडौं । नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री प्रदान गरेको हो । 

नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहिबार दश हजार माक्स र एक हजार सेनिटाईजर हस्तान्तरण गर्नु भएको हो ।

मदिरा महासंघका अध्यक्षले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम वढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको वताउनु भयो । हामीले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गदै आएको बताउदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसंग सहकार्य गर्ने पनि बताउनु भयो ।

स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा ब्यावसायी महासंघले प्रदान ।गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका प्रदान गरिने बताइएको छ ।

उक्त स्वाथ्य सामाग्रीहरु बोकेर मदिरा महासंघका केन्द्रिय  अध्यक्ष सोनाम शेर्पा सहित रुपक अर्यालय ,सदस्य राजन केसी पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल काठमाडौ पुगेका थिए । उक्त कार्यक्रमा पत्रकार महासंघका केद्रिय अ्रध्यक्ष बिपुल पोखरेल ,बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,उपाध्यक्ष बाला अधिकारी,कोषाध्यक्ष कलेन्द्र सिलवाल लगाएतको सहभागिता रहेको थियो ।