३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहको बैठक जारी, एमाले मै रहने कि नयाँ पार्टी गठन गर्ने बारेमा छलफल



अ+ अ-

काठमाडौ । नेकपा एमालेबाट कारबाहीमा पर्नुभका नेता माधब नेपाल समूहको केन्द्रीय समितिको बैठक बसिरहेको छ । भर्चुअल रुपमा बसिरहेको बैठकमा सस्थापन पक्षका नेताहरु भएको छलफलमा सहभागी नेताहरुले ब्रिफिङ गरेका छन् । 

नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्षसँग भएका भएको छलफलबारे जानकारी गराउनु भएको छ । उहाँहरुले २०७५ जेठ २ मा फर्काउने  प्रयास भै रहेको बारेमा जानकारी गराउनु भएको थियो । 

उहाँहरुले छलफललाई रणनीतिमात्र बनाउन नहुने भन्दै परिणामका लागि केही दिन कुर्नुपर्ने बताउनु भएको थियो । छलफलमा सहभागी नेताहरुले वार्तामा अलमलिनु भन्दा पनि नयाँपार्टी गठन गरेर अघि बढ्नु पर्ने सुझाब दिएका थिए ।  

एक केन्द्रीय सदस्यले न्यूजपोलार संग भन्नुभयो एकताका नाममा कति समय सम्म अलमलिने कुनै ठोस निर्णय  गरेर अघि बढ्नु पर्छ भन्ने राय आएको छ । यसै गरी छलफलमा सहभागी नेताहरुले नयाँपार्टी गठनका लागि हतार गर्न नहुने र सम्भब भएसम्म एकताका लागि जोडदिनु पर्ने सुझाब दिएका छन् ।