२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकुको ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन । रासस