२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउन प्रयास जारी



अ+ अ-

विराटनगर । प्रदेश सभाको दोस्रो निर्वाचन पछि पनि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ ।

निर्वाचन पछि नेकपा एमालेले ४० सदस्य प्रदेश सभामा पुर्‍याएपछि संसदीय दलका नेता बनेका हिक्मतकुमार कार्की नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थन एवं साथ पाएर कोशी प्रदेशको मुख्यमन्त्री बत्र सफल हुनु भएको थियो ।

सत्ता साझेदार जसपा, नेकपा माओवादी केन्द्रले दिएको विश्वासको मत फिर्ता लिएपछि अप्ठ्यारोमा पर्नु भएको मुख्यमन्त्री वर्षे तथा बजेट अधिवेशनको छैठौँ बैठकसम्ममा आइपुग्दा अल्पमतमा पर्नु भयो ।

सरकारले ल्याएको बजेटको प्राथमिकता र सिद्धान्त प्रदेश सभामा बृहत छलफलको क्रममा ३३ जना सदस्यहरुले बोल्नुभएको थियो भने सर्वसम्मतले सो प्रस्ताव पारित पनि भयो । त्यस लगतै सरकारले जेठ ३१ गते आगामी आर्थिक वर्षका निम्ति बजेटमा समेटिन सकिने विषयहरुको वार्षिक  नीति तथा कार्यक्रम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गर्नु भएको थियो ।

सभाले प्रदेश प्रमुखलाई धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो भने चालु अधिवेशन गएको राति १२ बजेदेखि अन्त्य भएको सूचना जारी भएपछि कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । सम्भवत: आजै कुनै पनि समयमा वार्षिक बजेट सार्वजनिकीकरण हुने अनुमान गरिएको छ ।

जसपा, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कडा आलोचना खेपेर भएपनि राजनीतिक कारण देखाई सदन स्थगन गराएर सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो ।

एकातिर अल्पमतमा रहेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारीसँगै आफ्ना कार्यकाल पनि लम्ब्याउने दाउमा देखिएका छन् । छ जना सदस्य रहेको राप्रपा अहिले पनि सरकारमा सहभागी छ ।

विगतमा नेकपा एमाले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेकपा एमालेकै शेरधन राई र भीमप्रसाद आचार्य मुख्यमन्त्री बनि कोशी प्रदेश सरकारको नेतृत्व गरिसक्नु भएको छ ।

पहिलो प्रदेश सभामा २१ जना मात्र सदस्य रहेको नेपाली कांग्रेसले धेरै समय प्रतिपक्षमा बसेर पनि जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिसकेको छ । विगतको प्रतिपक्षको अनुभव, सरकारमा थोरै समय सहभागी भएर बटुलेको अनुभव र अहिले नेकपा एमाले पछि सबै भन्दा ठूलो नेपाली कांग्रेसको २९ जना सदस्य प्रदेश सभा छन् ।

यस्तो अवस्थामा पनि मुख्यमन्त्रीको भूमिका पाउन नसके नेपाली कांग्रेस पार्टी सांगठनिक कमजोर हुनुका साथै  जनताले दिएको मतको पनि अपमान हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

उनीहरुले यति ठूलो अवसरलाई सदुपयोग गर्न नसक्ने हो भने पार्टीका शीर्ष नेताहरुले कोशी प्रदेशलाई अरु दललाई जिम्मामा दिएको हो भनि प्रश्न गर्न थालेका छन् ।

गृहणीले खाना पकाउन चुकेमा साँझको बिहान सच्याउन सकिने, किसान खेतीमा चुके एक वर्ष पर्खिनु पर्ने र राजनीतिक दल चुके पाँच वर्षमा मात्र सच्याउन सकिने भनाईलाई नेपाली कांग्रेसले किन आत्मसात गर्न सकिरहेको छैन यो पनि प्रश्न सर्वसाधारण कार्यकर्ता देखि नेताहरुले यो प्रदेशमा गर्न थालेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा एक खेमाका अमृत अर्याल दुई मत, अर्को खेमाका केदार कार्की नौ मत र सो समयमा तेस्रो खेमामा देखिएका उद्धव थापाले १८ मत प्राप्त गरेर संसदीय दलको नेता बत्रुभएको दिन देखि कोशी प्रदेशमा गुट मौलाएको थियो ।

तर अहिले गुट र उपगुटमा लागे अवसर गुम्ने र जनता तथा कार्यकताबाट पनि बहिस्कृत हुनु पर्ने स्थिति सिर्जना भएपछि संसदीय दलका नेताका लागि उठेका तीनै जना नेताहरु अहिले एकमत देखिएका छन्, र उनीहरु कोशीमा नेकाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् ।

तीनै जना नेताहरुले संसदीय दलका नेता उद्धव थापा नै मुख्यमन्त्री हुनु पर्ने माग सहित एक्यवद्धता जाहेर गरिसकेका छन् । उनीहरुले हामी बीच कुनै मतभेद छैन हामी राजनीतिक सिद्धान्त, विचार र आदर्शबाट प्रेरित एवं प्रभावित भएकाले पार्टीलाई बलियो बनाउन सरकारको नेतृत्व नेपाली कांग्रेसले नै लिनु पर्ने माग र अडानलाई शीर्षस्थ नेताले अनादर गर्न नहुने नेपाली कांग्रेस कोशी प्रदेश सभा सदस्य एवं पूर्वप्रमुख सचेतक केदार कार्कीले बताउनुभयो ।

उहाँले हामी आफ्नो घर भत्काएर कहिले पनि आगाडि बढ्न सक्दैनौ भन्दै अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्छ यसमा दुई मत छैन भत्रुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले हामीसँग प्रशस्त सम्भावना हुँदाहुँदै सरकार बनाउन नसके राजनीतिक घाटा मात्र होइन जनतामा नराम्रो छाप पर्ने भएकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बत्रु पर्ने र यसका लागि हामीहरु एक्यवद्ध भएर अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने बताउनुभयो ।

न्यूजपोलारसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले हामी बीच कुनै पनि मतभेद नरहेको र सरकार संचालनमा राम्रो भूमिका निर्वाह गर्न सकिने भएकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बत्रु पर्ने अडान राख्नु भयो ।

अर्को तर्फ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई हटाएर अर्का सदस्यलाई दलका नेता बनाउने प्रयास हुनुले नेपाली कांग्रेस सचेत एवं सतर्क रहनु पर्ने आवश्यकता पनि देखिएको छ ।

किनकी नेता आङ्बो हटे जीवन आचार्य संसदीय दलको नेता बत्रे र उहाँ वर्तमान प्रधानमन्त्रीका ज्वाँई पनि भएकाले कोशी प्रदेशको राजनीतिमा परिवर्तन आउन सक्ने एकथरिले अनुमान लगाएका छन् ।

यो अनुमानलाई गलत साबित गर्न नेपाली कांग्रेसका शीर्ष नेताले राजनीतिक मर्म र भावलाई कदर गर्नु पर्छ र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्छ । होइन भने जसको लाठी उसैको भैँसी हुने छ ।