२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।     
     
महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको स्थापना गरेको थियो ।     
     
महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुलचोकमा आइसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो ।     
     
सहायता केन्द्रअन्तर्गत कोभिड सङ्क्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदुरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो । यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आइसोलेशन सेन्टर र केन्द्रहरुमा चौबीसै घण्टा उपलब्ध रहेका छन् ।     
     
साथै आइसोलेसनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका सङ्क्रमितलाई आइसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी अउपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासङ्घले जनाएको छ ।     
     
त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीस्थित आइसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको र त्यसबाट ५० जनाभन्दा बढी सङ्क्रमित लाभाविन्वत भएका पनि महासङ्घले जनाएको छ । सङ्क्रमितहरु आफैँ पनि ती आइसोलेशन सेन्टरमा आउन सक्ने तथा आवश्यकतानुसार काठमाडौँ बाहिर तथा उपत्यकाबाट नै आवश्यकतानुसार हवाई तथा एम्बुलेन्स सेवा उपलब्ध गराई ती सहायता केन्द्रमा सङ्क्रमितलाई ल्याउने प्रबन्ध गरिएको थियो ।     
     
मुलुक सङ्कटमा पर्दा महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको मनन् गरी विगतमा पनि यस्ता विपद्को समयमा सहयोग गर्दै आएको र यसपटक पनि देश महामारीको सङ्कटमा परेका बेला आफ्नो सोही दायित्वबोध गरेर सेवा शुरु गरिएको संयोजक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा कोरोनाको दोस्रो लहरको सङ्कट शुरु हुन थालेपछि यो विपद्को घडीमा हामीले के गर्न सक्छौँ भनेर तत्कालै भर्चुअल बैठक बस्यौँ र महासङ्घका अध्यक्ष शेखर गोल्छाको अगुवाइमा हामीले यो सहायता केन्द्रको स्थापना गरी उहाँको आग्रहबमोजिम मैले समन्वय गर्दै आएको छु र अहिलेसम्म यो स्वास्थ्य सहायता जारी नै छ ।”     
     
मुलुकको निजी क्षेत्रले देश सङ्कटमा परेका बेला गरेको यो सानो अग्रसरता हो भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले यो सहायता केन्द्रबाट धेरै नागरिक लाभान्वित हुने त छँदैछ अस्पतालमा पुग्ने नागरिकको चापलाई कम गर्न पनि सहयोग पु¥याएको महसुुस आफूहरुले गरेको जानकारी दिनुभयो । कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न छवटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासङ्घका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिनुभयो ।     
     
सोअनुसार अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई। देशबन्धु वस्नेत, उद्योग समिति सदस्य बाबुकाजी कार्की र स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल र सदस्य डा केयुर गौतम अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ तथा महासङ्घका उपाध्यक्ष रामचन्द्र साङ्घाई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति आइसोलेशन केन्द्र निर्माणतर्फ रहनुभएको छ ।     
     
त्यसैगरी व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्यद्धय हेमराज ढकाल र रञ्जितराज आचार्य तथा पूर्व कार्यकारिणी समिति सदस्य रविन श्रेष्ठ औषधि र मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरु प्रवलजङ्ग पाण्डे, भक्तबहादुर हमाल रहनुभएको छ । त्यस्तै होटल तथा हवाई उड्डयन व्यवस्थापनतर्फ कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठ र पर्यटन र हवाई यातायात समितिका सदस्य विनोद सापकोटाको समन्वयमा काम भइरहेको महासङ्घले जनाएको छ ।     
     
महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरुसहित धेरैलाई राहत पुगेको छ । केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड सङ्क्रमण भएका डेढ वर्ष उमेरदेखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहयोग पुगेको महासङ्घले जनाएको छ ।     
     
केन्द्रले कोभिड सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई आइसीयू तथा भेन्टिलेटर र अत्यावश्यक औषधि उपलब्ध गराइरहेको छ । आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि सदस्यद्वय देशबन्धु रेग्मी र बाबुकाजी कार्कीले समन्वय गरेर अस्पतालमा शय्याको व्यवस्थापन गर्नुभएको थियो ।     
     
त्यसैगरी प्लाजमा खोजि गरिरहेका, होम आइसोलेशनमा डाक्टरको सल्लाह खोजिरहेका, अक्सिजन भर्न समस्यामा परेका, अस्पताल जान एम्बुलेन्स नपाएका, तथा बाहिर जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टर सेवा उपलब्ध गराउनुका सथै अन्य आवश्यक सहयोगको लागि सहजीकरण गरिएको छ ।     
     
यस केन्द्रले हालसम्म अस्पतालमा भेन्टिलेटर र आइसीयू, अक्सिजन, अस्पताल शय्या, प्लाज्मा, रेमडेसिभर औषधिलगायतका अत्यावश्यक सेवा र औषधि तीन सय जनाभन्दा बढीलाई उपलब्ध गराएको छ । (रासस)