काठमाडौं । कोभिड-१९ (Covid-19) संक्रमितको पिसिआर (PCR) पोजेटिभ भएर कुनै लक्षण नै नभएका बिरामीहरुले वा माइल्ड कोभिड भएको बिरामीहरुले १० दिनपछि होम आइसोलेसन ब्रेक गर्न मिल्ने डा. अग्रज उप्रेतीले बताउनुभयो । माइल्ड कोभिड (Mild Covid) भएको व्यक्तिलाई ज्वरो नआएको कम्तीमा पनि २४-४८ घण्टा भएपछि मात्र पनि आइसोलेसन ब्रेक गर्न मिल्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, "यदि कसैलाई माइल्ड कोभिड डिजिज, सामान्य रुघाखोकी वा हल्का ज्वरो अथवा कुनै पनि लक्षण छैन तर पिसिआर टेस्टमा पोजेटिभ आयोभने १०-१४ दिनपछि रिपिट पिसिआर टेस्ट गर्दा पोजेटिभ आउन सक्छ तर ती भाइरसहरु मृत भइसकेको हुन्छ जुन केबल निस्किृय भाइरस मात्र हुन् । त्यस किसिमका भाइरसले अरुमा संक्रमण सार्न नसक्ने भएकाले डराउन पर्दैन ।"
साथै यदि शरिरमा माइल्ड कोभिड मात्र छ तर कुनै सिम्टम्स् (symptoms) छैन भने रिपिट टेस्ट (repeat test) गर्दा पोजेटिभ देखाएमा आत्तिन नपर्ने अबस्था रहेको भन्ने बझ्न पर्छ- उहाँले भन्नुभयो । शरिरको प्रतिरोधात्मक क्षमताले एक हप्तासम्ममा कोभिडको भाइरसलाई नस्ट गरिसकेको हुनाले कभिडको मृत भाइरसका कारण रिर्पोट पोजेटिभ आएको हुन्छ । त्यसकारण दोस्रो रिर्पोटमा पोजेटिभ आएको कारण फेरी आइसोलेसनमा गएर बस्नु नपर्ने डा. उप्रेतीले प्रष्ट्याउनु भयो ।
रिपिट पिसिआर गरेका कारणले पिसिआर किट पनि छिटो सकिने र संक्रमितलाई अभाव हुनसक्ने हुनाले रिपिट पिसिआर गर्न जरुरी नभएको उहाँले सल्लाह दिनुभयो । केही विषेश विरामीलाई डाक्टरले पहिलो टेस्टमा नै दोस्रो टेस्टका लागि समय तोकिदिने पनि उहाँले प्रष्ट पारी दिनुभयो । सुन्नुहोस् : डा. अग्रज उप्रेती











