• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल

तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा न्यायाधीश भएँ, निष्ठापूर्वक काम गरेको छु- कार्की



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू तत्कालीन प्रधानन्यायाधीको आग्रहमा न्यायाधीश भए पनि काम भने निष्ठापूर्वक गरेको बताउनुभएको छ ।

आज विहानदेखि संसदीय समितिमा भएको सुनुवाइका क्रममा उहाँले आफ्नो इच्छा नहुँदा पनि तत्कालीन प्रधानन्यायाधीशले भित्रै बसेर काम गर्नुपर्छ भनेपछि आफू न्यायाधीश भएको बताउनुभयो । ‘सर्वोच्च अदालतमा न्यायाधीश बन्ने अवसर आयो, तर मलाई न्यायाधीश बन्ने इच्छा थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आग्रह गरेपछि त्यसलाई स्वीकार गरेको हुँ, न्यायाधीशका रुपमा इमान, निष्ठा र व्यावसायिक धर्मलाई पूर्णरुपमा पालना गरी काम गरिरहेको छु ।’

उहाँले परिस्थिति र सौभाग्यले पछिल्लो आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पनि सम्हालेको बताउनुभयो । कार्की २०७२ फागुन १८ गते न्यायाधीशमा सिफारिस भइ २०७३ साउन १७ मा न्यायाधीश बन्नुभएको थियो ।

न्यायाधीश भएपछि आफूले न्यायालयमा हुने ६० प्रतिशत न्यायिक विचलन रोकेको समेत दाबी गर्नुभयो । उहाँले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको समेत बताउनुभयो ।

कार्कीमाथि विहान ८ बजेदेखि सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएको छ । समितिले बुधबार २९ वटा उजुरीकर्तासँग छलफल गरी आज कार्कीलाई बोलाएको हो ।

समितिमा कार्कीले योजना समेत प्रस्तुत गर्नुहुनेछ भने उहाँ उपर परेका उजुरीबारे पनि प्रश्न गरिनेछ । समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।

कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि गत वैशाख २५ गते सिफारिस गरिएको थियो । तर संसदीय समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन ।

सुनुवाइ समितिमा कांग्रेबाट रेमश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेनद्रबहादुर बार्की र रमेशजंग रायमाझी हुनुहुन्छ । साथै नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल हुनुहुन्छ । साथै नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा, जगप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल र जसपाबाट प्रकाश अधिकारी हुनुहुन्छ  ।

कार्की आगामी साउन १९ गतेदेखि अवकाशमा जानुहुनेछ ।