९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

एक दिन ढिलो गरी भित्रियो यो वर्षको मनसुन

एक दिन ढिलो गरी भित्रियो यो वर्षको मनसुन
अ अ+ अ-

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस वर्षको मनसुन बुधबार नेपाल प्रवेश गरेको छ । पूर्वानुमान गरेको मितिभन्दा एक दिन ढिला गरी मनसुन नेपाल भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भित्रिने मिति जुन १३ अर्थात मंगलबार तय गरेको थियो ।

बंगालको खाडीमा नेपालमा मनसुन भित्र्याउने न्यूनचापीय प्रणालीको विकास र त्यस यात्रामा ढिलाइ हुँदा मनसुन एक दिन ढिला गरी नेपाल आएको विभागले जनाएको छ । नेपालको पूर्वी भेग हुँदै नेपाल प्रवेश गरेको मनसुन बुधबार अपराह्नसम्म कोशी, मधेस र बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशको पूर्वी भूमागसम्म फैलिएको छ । देशव्यापी रुपमा मनसुन फैलन अझै केही दिन लाग्ने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन गण्डकी प्रदेशबाट पश्चिम पुग्न समय लाग्छ । पश्चिम वायुले आफ्नो प्रभाव देखाइरहेकाले अबको तीन दिन हालकै अवस्थामा मनसुनी सक्रियता कायम रहने अनुमान गरिएको छ ।

बिस्तारै पूर्वी वायुले पश्चिमी वायु बिस्थापित गरेपछि मनसुन देव्यापी हुने महाशाखाले औँल्याएको छ । मनसुनको सुरुआती चरणमा वर्षा लगातार नभएर रोक्दिै वर्षा हुने पद्धतिसाथ अघि बढ्ने छ । बर्खे झरीका रुपमा रुपान्तरण हुन अझै बढी जलवाष्पयुक्त बादलको धनत्व बढ्नुपर्ने महर्जनले बताउनुभयो । खण्डित वर्षाका रुपमा कुनै क्षेत्रमा भने भारी वर्षाको सम्भावना कायम रहनेछ । प्रवेशकै सुरुवातमा मकवानपुरलगायत केही क्षेत्रमा भारी वर्षाको रेकर्ड भएको महाशाखाले जानकारी दिएको छ ।

मनसुन भित्रिएसँगै देशका तराई भेगमा छाएको तातो हावा र लु चल्ने क्रममा न्यूनता आउने भएको छ । तथापि मनसुन पूरै फैलिन नसकेका भूभागमा तापक्रमको बढोत्तरी उस्तै दरमा रहने जनाइएको छ । वर्षा भएपछि तापक्रममा स्वतः गिरावट आउने जनाइएको छ । वर्षा भएसँगै पूर्वी, मध्य र पश्चिमका केही भूभागमा तापक्रम थोरै घटेको छ । जसका कारण गर्मीबाट स्थानीयले केही राहत पाएका छन् । वर्षा भएका स्थानमा ३ देखि ५ डिग्री सेल्सियससम्म गिरावट आएको छ । धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा भने अझै तापक्रम ४० डिग्रीभन्दा माथि नै छ । पूर्वी तराईमा पनि गर्मीको चाप बढी घट्न सकेको छैन ।