• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

१० महिनामा पर्यटनमार्फत रु ५१ अर्ब भित्रियो, १ खर्बभन्दा बढी बाहियो



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विदेश घुम्न जाने नेपाली पर्यटकसँग पाँच प्रतिशत कर असुल्ने जनाएको छ । भ्रमणका लागि विदेश जानेहरुको संख्या र उनीहरुले खर्च गर्ने रकम बढ्न थालेपछि सरकारले उक्त निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा उल्लेख भएअनुसार विदेश घुम्न जाने नेपाली पर्यटकले अबदेखि भुक्तानी गर्ने रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने व्यवस्था गरिएको छ । यस्तो रकम वैदेशिक पर्यटनको प्याकेज बिक्री गर्ने बिक्रेताले तथा  फर्म वा कम्पनीले व्यवसाय प्रबर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकन गर्दा नै यो रकम भुक्तानी गर्नुपर्ने छ ।

सरकारले लगाएको यस्तो पर्यटन शुल्कले टुर प्याकेज महँगो हुने र विदेश घुम्न जाने नेपालीको संख्या कम हुने सरकारको अपेक्षा छ ।

कति बाहिरिन्छ रकम ?

चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालमा घुम्न आउने पर्यटकहरुले गर्ने खर्च रकमभन्दा विदेश जाने  नेपालीहरुले खर्च गर्ने रकम दोब्बर छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाल घुम्न आउने पर्यटकबाट ५१ अर्ब ८७ करोड रुपैयाँ नेपाल भित्रिएको छ भने सोही अवधिमा विदेश जाने नेपालीले १ खर्ब २ अर्ब रुपैयाँ विदेश लगेका छन् ।

त्यस्तै, गत आर्थिक वर्ष नेपाल भित्रिएका पर्यटकहरुबाट सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही आवमा विदेश गएका नेपालीहरुले भने ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात नेपालबाट ९७ अर्ब ३२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश जाने नेपालीहरुले लगेका छन्।

त्यस्तै, आव २०७७/७८ मा नेपाल भित्रिएका पर्यटकहरुले ७ अर्ब २६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्राएका थिए । सोही वर्ष नेपालबाट विदेश घुम्न जाने नेपालीहरुले भने ३२ अर्ब ८० करोड बराबरको विदेशी मुद्रा देश बाहिर लगेका छन्।

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण भएको भनिँदै आइएको छ । यद्यपि मुलुकको जीडीपीमा भने यसको उल्लेख्य योगदान भने देखिन्न । हाल औषतमा ५ देखि ७ प्रतिशत मात्रै योगदान भएको व्यवसायीहरुले बताउँदै आएका छन् । यद्यपि सरकारको आँकडामा भने २ प्रतिशत मात्रै देखिन्छ । पर्यटन क्षेत्रले कुनै निश्चित क्षेत्र वा पक्षलाई मात्रै नहर्ने र यसले समग्र पक्षलाई समेट्ने भएकाले यसको योगदान अंकमा मापन गर्न नसकिने उनीहरुको तर्क छ ।