९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

मुख्य सचिव पदको आकर्षण र आलोचनाहरु

मुख्य सचिव पदको आकर्षण र आलोचनाहरु
अ अ+ अ-

मुख्यसचिवको पद राजनीति र प्रशासनको मिलनबिन्दु हो। यहींबाट राजनीतिले प्रशासनको विज्ञता र प्रशासनले राजनीतिको विश्वास प्राप्त गर्छ।

सबै कर्मचारीको अपेक्षा र आकर्षण यही पद हो।‌ कर्मचारीले आफूलाई योग्य र विज्ञ बनाउने उत्प्रेरणा यही पदबाट प्राप्त गर्छ। सचिवहरु मन्त्रीका सल्लाहकार हुन् र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो।

मुख्यसचिवको पद ‌मास्लोको आत्मसन्तुष्टिको अन्तिम बिन्दु हो। वुड्रो विल्सन राजनीति र प्रशासनको सम्बन्ध बिन्दु यही पदमा देख्छन्। राजनीतिबाट नछुट्टिएको जर्मनीको प्रशासन र विज्ञताबाट उँचाइमा पुगेको भारतको प्रशासन दुबैमा यो पदको गरिमा उच्च छ। त्यसैले मुख्य सचिव पदको नियुक्ति बढुवा मात्र होइन। यसमा कर्मचारी र राजनीति दुबैको चासो हुन्छ। यो पदमा कस्तो व्यक्ति पुग्नुपर्छ भन्ने संसारमा आफ्नै मान्यता छन्।

अमेरिकामा बढुवाबाट यो पदमा कर्मचारी पुग्दैनन्। राष्ट्रपतिले सोझै नियुक्ति गर्छन्, जसलाई Spoil System भनिन्छ। फ्रान्समा ६५ वर्ष कर्मचारीको उमेर अवधि छ। तर मुख्यसचिवको पद त्यो भन्दा माथि सम्म रहन सक्छ। किनकि मुख्य सचिवको पद उमेरभन्दा विज्ञता र योग्यताको विषय बढी हो।

नेपालमा मुख्यसचिवको पदमा सचिवहरुमध्ये बढुवाबाट नियुक्ति गरिन्छ, र मुख्यसचिव ५८ वर्ष वा सेवा अवधि ३ वर्षसम्म बहाल रहन्छन्। अहिले मुख्य सचिवको पदमा नियुक्तिका चर्चा चल्न थालेको छ। यो पदमा नियुक्तिका थुप्रै प्रतिस्पर्धी हिजो पनि थिए आज पनि छन्। तर, सरकारले एकाध बाहेक मुख्यसचिव पदमा नियुक्ति गर्दा समग्र प्रशासनको मर्म, धर्म, कर्म र विश्वासलाई जित्न सकेको छैन। यो पदको नियुक्तिमा पनि गणेश प्रवृत्ति हावी छ। पद, योग्यता र विज्ञताको मर्यादा नाघेर नियुक्ति गर्दा केही वरिष्ठ सचिवहरुले राजीनामा दिएका उदाहरण थुप्रै छन्। मुख्य सचिवको पदमा नियुक्ति गर्दा केही वरिष्ठ सचिबले भोलिपनि राजीनामा दिनेछन्। र उनीहरुले भन्नेछन्( मर्यादाक्रम भत्कियो!

योग्य, विज्ञ, अनुभवी, तटस्थ र राजनीतिक नेतृत्वको विश्वास जित्ने व्यक्ति यो पदमा नपुगुन्जेल यस्ता गुनासा र प्रश्नहरु दोहोरि रहन्छन्। किनकि मुख्यसचिवको पद वृत्तिविकास र प्रतिष्ठाको पद मात्र होइन। यो समग्र प्रशासनको उत्प्रेरणा हो। यो पदमा नियुक्ति गर्दा राजनीतिक चेत प्रष्ट हुन जरुरी छ।

सचिव र मुख्य सचिव जस्तो उच्च पदले काठमाडौँ भञ्ज्याङ भन्दा बाहिरको कर्मचारीको मर्का बुझेको हुनुपर्छ। यस क्षेत्रमा अनुभव गरेको हुनुपर्छ। मर्का सुनिदिने र प्रत्यक्ष अनुभूत गराइदिने नेतृत्व अहिले चाहिएको छ। तर उच्च पदासिनहरु अवकाशपछि पनि राजदूत र राजनीतिक नियुक्ति खाने प्रलोभनले आफ्नो दायित्व बिर्सिन्छन्। प्रोटोकलको हिसाबले तलका पदहरुमा जागिर खानुभन्दा समाजको सम्मानित व्यक्ति हुनु कति आनन्द होलारु यो आजको प्रशासनिक नेतृत्वको ठूलो समस्या हो। अवकाशपछि आफ्नो योग्यताको कहीं न कहीं प्रयोग गर्नैपर्छ तर पद खानकै लागि आफ्नो कर्तव्य भुल्दाको समस्या नेतृत्ववर्गमा नयाँ होइन।

संघीयतामा ३ तहको कर्मचारी नीति छ। शिक्षा, स्वास्थ्य, महिलाका कर्मचारीहरुको दरबन्दी र पद कहाँ छ, टुंगो छैन। अहिले कर्मचारीको संख्या कति पुगेको छरु अभिलेख प्रणाली कमजोर छ। कुन कर्मचारीलाई कहाँ सरुवा गर्नुपर्छ, सरुवा नीति छैन, मानव स्रोत व्यवस्थापन योजना छैन। राजनीतिले पनि सही सल्लाह पाएकै छैन।अवकाशको उमेर प्रदेश पिच्छे फरक छन्, विभिन्न सेवा समूहमा वृत्तिविकासका अवसर फरक छन्। भ्रष्टाचार उच्च छ। कहीं कर्मचारी कुटिएका छन्, कतै हेपिएका छन्। कहीं कालोमोसो दलिएका छन्, तर यसको संरक्षक सचिब, सहसचिब, मुख्यसचिब हामी कोही बोल्दैनौं। यस्ता विकृतिहरुको जिम्मेवारी निजामती सेवाको उच्च पदले लिनु पर्ने हैन ररु यो संस्थागत खराबी आउनुमा कर्मचारी प्रशासनकै थुप्रै कमजोरी छन।

ट्रेड युनियन यति हावी छ कि उनीहरुले निष्पक्षता र प्रतिबद्धता भुलिसके। ट्रेड युनियनका पदाधिकारीहरु राजनीतिज्ञ जस्तै छन्। निजामती सेवामा कहीँ पनि सन्तुष्टि छैन। काम हुने ठाउँमा कर्मचारी छैनन्। काम नहुने ठाउँमा कर्मचारी छन्, कार्यबोझ अनुसार कर्मचारी छैनन्। सिंहदरबारभित्रका कर्मचारी काम नपाएर बसेका छन्, स्थानीय तहमा कर्मचारी कम छन्। सरुवा हुनै रकम बुझाउनुपर्छ। राजनीतिक आस्था चाहिन्छ। यस्ता विकृति कम गर्न मुख्य सचिव पदको भूमिका के छरु स्पष्ट भएमा मुख्यसचिव प्रतिको आस्था बढेर जान्छ। कर्मचारीले अहिले अभिभावक चाहेका छन्।

मुख्यसचिव पदको आकर्षण पद र प्रतिष्ठामा हैन- जिम्मेवारी, उत्तरदायित्व, तटस्थता र नतीजामा छ। त्यसैले यो पदलाई उमेर वर्ष भित्र राख्नु हुँदैन। कोही योग्य छ भने ६० वर्षपछि पनि नियुक्ति दिन सकिन्छ। मुख्यसचिवको पदलाई २ वर्ष र सचिवको २ वर्ष राख्दा खासै फरक पर्दैन। किनभने ती पदहरु टिकिरहने पद होइनन्। जीवनभरको अनुभवलाई छोटो समयमा नतीजामा अनुभूति दिने पद हुन्। यी पदहरूले तल्ला पदहरूको वृत्तिविकासलाई सहज बनाउनुपर्छ। किनकि हाम्रो संगठनको ढाँचा पिरामिड प्रकृतिको छ। लामो अवधिसम्म टिक्ने पदले तल्ला पदहरूको वृत्तिविकासमा ठूलो समस्या पार्छ। माथिल्लो पदले विज्ञ र सन्तुष्टि दियो भने तल्ला पदहरू स्वत उत्प्रेरित हुँदै जान्छन्, यो व्यवस्थापनको मान्यता हो।

मुख्यसचिवको पद सामान्यज्ञ र विशेषज्ञको पदभन्दा माथिल्लो पद हो। यो पदले राजनीतिको धर्म, प्रशासन र यसभित्रका कर्मचारीको मर्म बुझेको हुनुपर्छ । जिल्ला, प्रदेश, स्थानीय तहको फरक बुझेको हुनुपर्छ। कमसेकम नीतिमा आफ्ना कामहरूको अनुभव समेटिनुपर्छ। राजनीतिले यो पदमा नियुक्ति गर्दा कुन पार्टीको वा कुन समर्थनको वा कसरी भक्तिगान आउँछ भन्ने हेर्नुभन्दा कसरी काम गर्छ र विगतमा कति नतीजा दिएको छ, हेर्नैपर्छ। आजसम्म नेतृत्वमा बढुवाको समस्या यही छ।

मुख्य सचिवको पदमा नियुक्तिमा व्यक्तिको योग्यतालाई लिनुपर्छ। उत्तराधिकार योजना हुनुपर्छ। तब मात्र नेपालको निजामती सेवा र समग्र कर्मचारीतन्त्र योग्य हुन सक्छ।मुख्यसचिवको पद समग्र कर्मचारीतन्त्रलाई सम्मान दिने र सम्मानित हुनुपर्छ। मन्त्रिपरिषदमा जाने प्रस्तावहरुलाई हेर्ने, लेख्ने र व्याख्या त सहसचिव, उपसचिवले पनि गर्नसक्छन्। त्यो भन्दा माथि समग्र गवर्नेंन्सको उँचाईलाई महसुस गर्ने व्यक्ति यो पदले प्राप्त गरेमा हामी विश्व प्रशासन र राष्ट्रिय प्रशासनको विश्वास जित्न सक्छौं र हाम्रा नीति, योजना, कार्यक्रमहरु प्रभावकारी हुन्छन्। कमसेकम नेतृत्वप्रति एउटा कर्मचारी शिर झुकाउन वाध्य हुन्छ।