५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’को १ लाख टिकट बिक्रि, पहिलो दिन ५० करोड कमाई गर्ने आंकलन



अ+ अ-

एजेन्सी । आइतबारदेखि प्रभास स्टारर ‘आदिपुरुष’को अग्रिम बुकिङ सुरु भएको छ । भारतमा तीन दिनमा पिभिआरबाट मात्रै एक लाख टिकट बिक्री भएको छ । यसमध्ये २५ प्रतिशत दक्षिण राज्यका हुन् । फिल्मले पहिलो दिन सबै भाषासहित ५० करोडको व्यापार गर्न सक्ने व्यापार विज्ञहरू बताउँछन् ।

हिन्दी भर्सनमा फिल्मले १५ देखि १८ करोड कलेक्सन गर्न सक्छ । रामायणमा आधारित बनेको चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाउने चलचित्र समीक्षकको विश्वास छ । रामायण यस्तो कथा हो जसलाई दर्शकले जुनसुकै बेला हेर्न रुचाउँछन् । आदिपुरुषमा रामायणलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको छ ।

इन्डियन एक्सप्रेससँग कुरा गर्दै फिल्म समीक्षक तरण आदर्शले भने – ‘मलाई रामायणको कथा मनपर्छ, त्यसैले यो फिल्म हेर्न जान्छु । बाल्यकालमा परिवारसँग बसेर रामायण हेर्ने गर्थें । रामायणप्रतिको प्रेमका कारण यो फिल्म हेर्ने म जस्ता धेरै मानिसहरू हुनेछन् । म यो फिल्म प्रभास, कृति सेनन वा सैफ अली खानको कारणले हेर्दिनँ । रामायण मेरो लागि भावना जस्तै हो । अरू सबै कुरा माध्यमिक छन्।’

एडभान्स बुकिङको मामिलामा आदिपुरुषले शाहरुख खानको पठानलाई पछि पारेको खबर छ । यद्यपि तरणले यी सबै कुरालाई अस्वीकार गरेका छन् । उनले फिल्मको अग्रिम बुकिङ राम्रो भएपनि पठानभन्दा अझै टाढा रहेको बताए । पठानको ३ लाखभन्दा बढी अग्रिम टिकट बिक्री भएको थियो ।

टाइम्स नाउको रिपोर्ट अनुसार दिल्ली र मुम्बईमा फिल्मको टिकट २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । यसबाहेक नोएडामा टिकट दर १६५० रुपैयाँसम्म छ । टिकट बेंगलुरु र कोलकातामा लगभग उस्तै रकममा बिक्री भइरहेको छ । चेन्नई र हैदरावादमा टिकट दर यी ठाउँहरूको तुलनामा कम राखिएको छ ।

फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जोहरले भने, ‘प्रभासको ठूलो फ्यान फलोइङमा कुनै शंका छैन । तर उनका पछिल्ला केही चलचित्रको प्रदर्शन राम्रो हुन सकेको छैन । २०२२ मा रिलिज भएको उनको फिल्म ‘राधे श्याम’ डिजास्टर साबित भयो । सन् २०१९ मा आएको उनको फिल्म ‘साहो’ले खास केही देखाउन सकेन । ३५० करोडमा बनेको यो फिल्मको कलेक्शन मात्र १४२.९५ करोड थियो । त्यसैले आदिपुरुषले टिकट विन्डोमा राम्रो प्रदर्शन गर्नु प्रभासको लागि धेरै महत्त्वपूर्ण हुन्छ ।’

आदिपुरुषले आफ्नो खर्च झण्डै उठाइसकेको छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार निर्माताले वितरण अधिकारबाट २७० करोड रुपैयाँ कमाएको छ । र स्याटलाइट अधिकारबाट २१० करोड रुपैयाँ उठाएको छ । अब यो फिल्मले बक्स अफिसमा कति कमाई गर्छ त्यो हेर्नु चासोको विषय हुनेछ ।