७ श्रावण २०८३, बिहीबार
,
Latest
बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल



अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिले छलफल गरिरहेको छ ।

समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेकाले त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश समेत रहेका कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए ।

समितिले उक्त माग अस्वीकार गरेपछि बुधबार उजुरी नदिएका मानिसहरुसमेत सिंहदरबारस्थित समितिको बैठक स्थलमा पुगेका छन् ।

सुनुवाइ समितिले अहिले केही उजुरीकर्तालाई मात्र बैठकमा सहभागी गराएपछि अरुले भने बैठक कक्षको ढोका बाहिर बसेर आफूहरुलाई पनि सहभागी गराउनु पर्ने भन्दै विरोध गरिरहेका छन् ।