• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिले छलफल गरिरहेको छ ।

समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेकाले त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश समेत रहेका कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए ।

समितिले उक्त माग अस्वीकार गरेपछि बुधबार उजुरी नदिएका मानिसहरुसमेत सिंहदरबारस्थित समितिको बैठक स्थलमा पुगेका छन् ।

सुनुवाइ समितिले अहिले केही उजुरीकर्तालाई मात्र बैठकमा सहभागी गराएपछि अरुले भने बैठक कक्षको ढोका बाहिर बसेर आफूहरुलाई पनि सहभागी गराउनु पर्ने भन्दै विरोध गरिरहेका छन् ।