२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० वर्षको उमेरमा पिता बने प्रभु देवा



अ+ अ-

एजेन्सी । चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । यसबारे जानकारी उनले नै दिएका हुन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका छन् ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने, ‘हो, यो सत्य हो । म यो उमेर (५०) मा फेरि बुबा बनेको छु । म धेरै खुसी छु र पूर्ण महसुस गरेको छु ।’

प्रभुले आफ्नी छोरी र परिवारसँग बढी समय बिताउन आफ्नो कामको बोझ कम गरेको पनि खुलासा गरे । उनले धेरै हिन्दी, तमिल र तेलुगु फिल्महरू निर्देशन गरेका छन् । सलमान खान अभिनित ‘राधे’ उनको निर्देशनमा बनेको अन्तिम फिल्म थियो ।

पहिलो श्रीमती रामलतासँग सम्बन्धविच्छेद भएको ९ वर्षपछि प्रभुले २०२० मा डा हिमानीसँग दोस्रो विवाह गरेका थिए । प्रभुको पहिलो विवाहबाट ३ सन्तान थिए, जसमध्ये एकको क्यान्सरका कारण मृत्यु भएको थियो । बाँकी दुई सन्तान आमासँगै बस्छन् ।