• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली ★   भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त ★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: महामन्त्री थापा

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुन:निर्माण



फाईल फोटो

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुन:निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

सोह्रवटा सम्पदा अझै पुन:निर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शङ्कराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुन:निर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुन: निर्माण गर्नुपर्ने भएको उहाँले सुनाउनुभयो ।

विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ । रासस