२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

तुलसीपुर उपमहानगरपालिकामा विस्तार हुँदै कागती खेती

तुलसीपुर उपमहानगरपालिकामा विस्तार हुँदै कागती खेती
अ अ+ अ-

तुलसीपुर । कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रु तीन हजार कठ्ठा र तुलसीपुरमा रु  दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गर्नुभएको हो । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन् ।

उहाँहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उहाँहरूले वार्षिक रु १५÷२० लाखको हाराहारीमा आम्दानी गर्ने गर्नुभएको छ  । “डेढ वर्षदेखि हामीले आम्दानी लिन शुरु गरेका हौँ”, वलीले भन्नुभयो “वार्षिक रु १५÷२० लाख आम्दानी हुने गरेको छ ।” कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार शुरुमा आफूहरूले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करिब रु एक करोड लगानी भइसकेको छ ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताउनुभयो । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुशी भएको उहाँले बताउनुभयो । यसले व्यावसायिकरूपमा कागती खेती गरिरहेका  किसानलाई थप प्रोत्साहन गरेको उहाँको भनाइ छ । अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताउनुभयो । अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ ।” उहाँका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्‍याउने योजना छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उहाँको भनाइ छ । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उहाँको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ । रासस