२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले कानूनी रुपमा सञ्चालन नभएको २ स्वास्थ्य संस्थामा लगायो ताला



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले कानूनी रुपमा सञ्चालन नभएको दुई वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ ।

अनुगमनका क्रममा अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि तालबन्दी गरिएको महानगरका मेयर बालेन शाहले जानकारी दिए।

महानगरपालिकाले यसअघि जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, उक्त सेवा नदिएको पाइएपछि महानगरले तालबन्दी गरेको हो ।

साथै, तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरले स्वास्थ्य विभागलाई निर्देशन दिएको छ ।मेयर शाहले
लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको स्पष्ट पारे। उनले सबैको पहुँच स्थापित हुने गरी सुधार नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।