३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेता आचार्यद्वारा करिब १६ लाख बराबरको स्वास्थ्य समागी प्रदान (तस्वीरहरु)



अ+ अ-

रसुवा । रसुवा जिल्लामा कोरोना संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै व्यक्तिगत रुपमा नेपाली कांग्रेसका नेता, समाजसेवी एवम् प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । व्यक्तिगत रुपमा भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरि जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरि उहाँले जिल्लालाई स्वास्थ्य समाग्री उपलब्ध गराउनु भएको हो।

करिब १६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री आज जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको हो। जिल्लाका नागरिकहरुको उपचारमा सहजता होस भन्ने उघ्देश्यले जन प्रतिनिधिको नाताले आफुले उक्त सामाग्री खरिद गरि जिल्लालाई उपलब्ध गराएको प्रतिनिधि सभा सदस्य मोहन आचार्यले बताउनु भयो । 

प्राप्त सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरुमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालकोले बताउनुभयो। त्यसैगरि प्रतिनिधिसभा सदस्य आचार्यले बिहिबार नै त्रिशुली अस्पताल नुवाकोटलाई पनि मिनि भ्यान्टिलेटर २ वटा, एबिजि ९ आइसियुमा प्रयोग हुने सामान हस्तान्तरण गर्नु भएको छ । 

गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रुपमा जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंतिमा रहेका ५ सय ८ जनालाई निशुल्क कोरोना बिमा, बिपन्नलाई राहात वितरण लगायतका सहयोग गर्नु भएको थियो। 

भेन्टिलेटर लगायतका अत्यावश्यक सुबिधा नहुदाँ जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको थियो । रिफर भएकाहरुमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कम लगायतका समस्या देखिएको थियो । जिल्लामा पुर्ण प्रबिधि नहुदाँ कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाडौं रिफर हुनुपर्ने बाध्यता रहेको थियो। अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केहि सहज हुने भएको छ ।