२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

निषेधाज्ञाका कारण सिंचाइमा समस्या

निषेधाज्ञाका कारण सिंचाइमा समस्या
अ अ+ अ-

कैलाली । कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ नहुँदा किसानमा चिन्ता बढेको हो । कैलाली जिल्लामा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि एक महिनादेखि निषेधाज्ञा गरिएको छ । सङ्क्रमणको जोखिमले किसान जम्मा भएर कुला सफा गर्न समस्या भएको बताउँछन् । सरकारले खेतीपातीको काम जारी राख्न दिने भने पनि किसान सङ्क्रमणको जोखिम बढेकाले किसान कुला मर्मत, सरसफाइजस्ता कार्यमा जुट्न डराइरहेका छन् ।

धानखेतीका लागि किसान एक महिनादेखि तयारी थाल्छन् । किसानले ब्याड राख्ने, मलखाद जोहो गर्नेदेखि लिएर खेतमा पानी लाग्ने कुलाको मर्मत, सरसफाइलगायत काम गर्नुपर्ने हुन्छ । खेतीका लागि पानी नभई नहुने र पर्याप्त पानी नभए उत्पादन घट्ने भएकाले किसान खेतसम्म पर्याप्त पानी लैजान हरेक वर्ष सिँचाइ कुला सरसफाइ गर्ने गर्दछन् तर कोरोनाका कारण खेतमा पानी लाग्ने कुला सरसफाइ गर्न नसकेको टीकापुर–४ का किसान समिर चौधरीले बताउनुभयो । “कुला सफा गर्ने सवालमा सबै चिन्तित छन् तर गाउँघरमा सबै बिरामी छन् । घरघरमा बिरामी भएकाले हामीले हिम्मत गर्न सकेका छैनौँ”, किसान समिर भन्नुहुन्छ, “दूरी कायम गरेर सफा गर्ने सल्लाह गरेका थियौँ । सबै डराएकाले जुट्न सकेका छैनौँ । अब त ढिला भइसक्यो ।”

कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञा र त्रासका कारण किसान अहिलेसम्म खेत सिँचाइ गर्ने कुला, मुहान र बाँध मर्मतसम्भार गर्न नपाएको किसान किट्टुु चौधरीले बताउनुभयो । “कुला गाउँमा मात्र सफा गरेर हुँदैन, कुला सफा गर्न किसान एक साताभन्दा बढी काममा जुट्नुपर्ने हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो माहोलमा कसरी काम गर्नु रु यसरी किसान जम्मा भएर किसान खेतमा जाने वातावरण नभएकाले स्थानीय सरकारले प्रविधिको प्रयोग गरेर कुला सरसफाइजस्ता कार्यमा सघाउन आवश्यक छ ।”

बर्खा लाग्नु पहिले वर्षेनी किसान सामूहिकरूपमा मूल, शाखा र प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ । जसअन्र्तगत किसान आफ्नो खेतसम्म पानी लैजानका लागि सहजतासँगै आवश्यकतानुसार पानीको पर्याप्तता हुने गर्दछ । गत वर्ष पनि  यही समयमा भएको निषेधाज्ञाका कारण राम्रोसँग कुलाका मुहान लगायत कुला सरसफाइ गर्न र खन्न नपाएका किसान यस वर्ष पनि सोही समस्या भएपछि चिन्ता बढेको बताउँछन् । “गत वर्ष पनि सिँचाइ कुला राम्ररी सफा गर्न सकिएन, सिँचाइ कुला र मुहान बालुवा र झारपातले भरिएका छन्”, किसान किट्टु भन्नुहुन्छ, “कुला तथा मुहान सफा नभए आवश्यक मात्रामा पानी नआउने हो कि भन्ने चिन्ता लागेको छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानी मूल कुलाका १४ शाखा कुला, जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका ८६३ उपशाखा कुला छन् । यसरी  ती  शाखा र प्रशाखा कुलामार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । यी शाखा तथा प्रशाखा कुला सरसफाइ र मर्मत नगरे खेतमा पानी पुुगे पनि सिँचाइका लागि पर्याप्त हुँदैन । त्यसका लागि केही कुला सरसफाइ भए पनि अधिकांश कुलाका सरसफाइ नभएकाले किसान समस्यामा छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरसफाइ गर्न सकिने भए पनि उक्त कुला सामूहिकरूपमा सरसफाइ गर्ने परम्परा रहेकाले अहिले समस्या भइरहेको किसान तथा जमरा मूल कुलाका सचिव मानबहादुर चौधरी बताउनुहुन्छ । “अब किसानले कुला सफा गर्न ढिला गर्न हुँदैन, कि स्थानीय सरकारले विकल्प खोजेर सफा गरिदिनुप¥यो, नभए किसान खेतबारीमा पस्ने समय ढिला हुन्छ”, सचिव चौधरी भन्नुहुन्छ, “सिँचाइ पर्याप्त नभए उत्पादन घट्छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको कैलालीमा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, कृषि शाखा प्रमुख चौधरी भन्नुहुन्छ, “उत्पादन बढी लिन सिँचाइ आवश्यक हुन्छ । हामीले किसानलाई धानको बीउ वितरण ग¥यौँ तर यतिखेर कोरोना फैलिरहेकाले कुला मर्मतजस्ता कार्यमा सघाउन सकेका छैनौँ ।”