• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सभापति देउवा सिंगापुर प्रस्थान



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ ।

मंगलबार राति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उहाँ सचिवालयले जानकारी दिएको छ। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जानुभएको हो । उहाँसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर जानुभएको छ ।

उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ । उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ ।