• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम



फाईल फोटो

काठमाडौँ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ । तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन् ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई ६० र वाई १२ ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो । बाँकी चारवटा जहाज जिटुजी मोडेल अन्तर्गत चीनको एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो ।

पाइलट अभाव, मर्मसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारणले निगमले यी जहाज बिच्ने प्रक्रियामा लगेको हो । ग्राउण्डेड गरिएको चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई प्रतिनिधि नेपाल आएर जहाजको मूल्यांकन गरेर फर्किसकेका छन् । मूल्यांकनको अन्तिम प्रतिवेदन आउँन बाँकी छ ।

एमए ६० र तीन वटा वाई १२ ई जहाज बिक्री मूल्यांकन गर्न निगमले गत वर्ष मंसिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो । अधिक खर्च र न्यून आम्दानीका कारण उडार लाभ लिन नसक्ने निष्कर्षसहित जहाज बिक्री प्रक्रियामा निगम गएको हो । दुर्गम क्षेत्रका लागि तीन वटा जहाज खरिद गर्ने प्रक्रियामा समेत सँगसँगै अगाडि बढाइएको छ ।

निगमका प्रवक्ता पौडेलका अनुसार जहाज खरिदका लागि दुई महिना पहिले निगम सञ्चालक समिति सदस्य सुधीरशमशेर राईको नेतृत्वमा गठित उपसमितिले जहाज खरिद सम्बन्धमा विस्तृत कानूनी प्रक्रियालगायतबारे छलफल तथा अध्ययन गरी सोको प्रतिवेदन निगम सञ्चालक समितिलाई बुझाइसकेको छ ।

विसं २०७१, २०७३ र २०७४ मा अनुदान र सहुलियत कर्जामा गरी रु ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्चेर नेपा ल्याइएका चिनियाँ जहाज कुल रकममध्ये रु २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान र रु तीन अबए ७२ करोड रुपैयाँ वार्षिक १.५ प्रतिशत ब्याजदरको ऋण बोकेर नेपाल भित्रिएका थिए । उडान संख्या र उडान समय बढाउन सकेको भए नाफा कमाउन सक्ने यी जहाज व्यवस्थापकीय कमजोरीका कारण नेपाल आएपछि अधिकांश समय नउडाएरै घाटामा गएको हो ।