२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशले तोके वरिष्ठतम् न्यायाधीशको संवैधानिक इजलास, नागरिकता सम्बन्धी अध्यादेशको सुनुवाई हुने



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिट हेर्न बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। 

प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा संवैधानिक इजलासको रोष्टरबाट कनिष्ठ न्यायाधीश छानेका मध्ये २ न्यायाधीशले नेकपा विवादमाथि फैसला र पुनरावलोकन नहुने आदेश दिएको भन्दै प्रश्न उठ्दा इजलास गठन विवादित भएको भन्दै प्रधानन्यायाधीशको आलोचना भएको छ। 

त्यसपछि सर्वोच्च अदालत भित्रै न्यायाधीशहरू र सर्वोच्च बारले बरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाएका थिए।

उनीहरूको सुझाव अनुसार काम गर्न प्रधानन्यायाधीशले वचन दिएकाले आजको संवैधानिक इजलासलाई चासोका साथ हेरिएको छ।

नागरिकताजस्तो  संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।