२५ श्रावण २०८३, सोमबार
,
Latest
हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम रु चार अर्बभन्दा बढी



symbolic picture
अ+ अ-

काठमाडौँ । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।

आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।

आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ । बैंकिङ समूह सात दशमलव ३६, विकास बैंक ५८ दशमलव १४, वित्त ३६ दशमलव ९२, होटल तथा पर्यटन एक सय तीन दशमलव ७६, जलविद्युत् ४८ दशमलव ५७ र लगानी समूह एक दशमलव ३६ अङ्कले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन दुई सय २१ दशमलव ५७, लघुवित्त ९६ दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार ६१ दशमलव ५० र अन्य समूह १५ दशमलव ५३ अङ्कले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता तीन दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ ।रासस