३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रवार उपत्यकामा बढ्यो सवारीको चहलपहल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारि रहेकै वेला सडकमा सवारी चहलपहल धेरै देखिएको छ । शुक्रबारदेखि १० दिनको लागि थप गरिएको पहिलोदिन धेरै सवारी चहलपहल देखिएको हो ।

सरकारले सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरेपनि शुक्रबार उपत्यकाका सडकमा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । 

प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि  प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ ।

शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।