• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

गठबन्धनबीच सहमति: गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने



फाईल फोटो

काठमाडौँ । सत्तारुढ दलहरुबीच बजेट पास गरेर गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको हो।

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा रहेका छन् ।

बैठकमा बजेटमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ।

बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको उहाँले बताउनुभयो । बैठकमा एकीकृत समाजवादीका नेताहरुले पनि आफ्नो कुरा राखेको र प्रधानमन्त्री एकीकृत समाजवादीले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको दिँदै आएको थियो । अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गर्नुभएको थियो ।