२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेट्दै महन्थ ठाकुर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दिउँसो एक बजे पछि भेटवार्ता हुँदैछ ।  

प्रधानमन्त्री निकट स्रोतका अनुसार जसपा सरकारमा सहभागी हुनेबारे छलफलमा ओली र ठाकुर बीच सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

सर्वोच्च अदालतले गएको ६ जेठमा माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएसंगै ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । जसपाका ठाकुर पक्षमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

‘कुरा मिलेमा आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । आज नभएपनि केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, स्रोतले भन्यो । 

सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएपनि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको असहमतिका बीच ठाकुर पक्षले ओलीलाई प्रधानमन्त्रीमा समर्थन रहेको पत्र बुझाएको थियो ।