३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह मण्डपमा बेहुलीको मृत्यु भएपछि…



अ+ अ-

काठमाडौं । भारतको उत्तर प्रदेशको इतावाह जिल्ला समासपुरा गाउँमा एउटा निकै दुःखद घटना भएको छ ।  

गाउँमा आयोजित बिहे समारोहका क्रममा बेहुलीको एक्कासी मृत्युपछि मृतक बेहुलीको शव एउटा कोठामा राखियो अनि बेहुलीको बहिनीलाई नयाँ बेहुली बनाएर मण्डपमा ल्याई बेहुलासँग बिहे गराइयो ।

बिहीबार इटवाह जिल्लाको नवली गाउँका बेहुलाको मंगेश कुमार र समासपुर गाउँकी सुरभी नामकी युवतीसँग बिहे हुन लागेको थियो ।

बिहीबार राति जन्तीसहित मंगेश कुमार बेहुली सुरभीको घर पुगे र बिहेको अनुष्ठान सुरु भयो । स्वयंवरको लागि तयारी चलिरहेको थियो । बेहुली सुरभीले आफुलाई केही असजिलो महसुस भएको भन्दै बेहोस हुँदा तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा लगियो । तर अस्पतालमा लगुन्जेल उनको मृत्यु भैसकेको थियो । डाक्टरका अनुसार बेहुलीको हृदयाघातबाट मृत्यु भएको थियो ।

हुनेवाला पत्नीको बिहेकै बेला मृत्यु भएपछि बेहुलालगायत सबैजना शोकमा परे । तर अकस्मात बेहुलाले बेहुलीकी बहिनी अर्थात् सालीसँग बिहे गराइदिएर विवाह कार्यक्रम सम्पन्न गर्न आग्रह गरे ।

मरण परेको घरमा मृतक बेहुलीकी बहिनीलाई नयाँ बेहुली बनाएर बिहे गराइदिनु सजिलो कुरा थिएन । तर बेहुला र बेहुली पक्षका परिवार त्यसमा सहमत भए । 

अन्ततः बेहुलाकी साली तर्थात् मृतक बेहुलीकी बहिनीलाई नयाँ बेहुली बनाइयो र उनीहरुबीच बिहे गराइयो । ती नयाँ बेहुलीको नाम निशा हो ।

एउटी बहिनीको शव कोठाभित्र राखेर अर्की बहिनीको बिहे गराइदिएको त्यो क्षण निकै दर्दनाक रहेको बेहुलीका दाजु सौरभ बताउँछन् ।