५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा कफी सम्मेलनको आयोजना हुने



फाइल फोटो
अ+ अ-
काठमाडौँ । नेपाल कफी व्यवसायी महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको छ । महासङ्घले असार २ देखि असार ५ गतेसम्म राजधानीमा कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घले सो कुराको जानकारी गराएको हो । महासङ्घसँगै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतको सहकार्यमा आयोजना गर्न लागिएको हो ।
कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ । उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तरक्रिया गरिने आयोजकले जनाएको छ । सम्मेलनमा कफी उत्पादक, निर्यातकर्ता, उपकरण उत्पादक एवं कफी उत्पादक तथा प्रवर्द्धनसम्बन्धी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गरिने महासङ्घका अध्यक्ष ओमनाथ अधिकारीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा कफीसँग सम्बन्धित विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनबाट कफी उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि  सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताउनुभयो । -रासस