• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

विमानस्थलमा अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ



काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा विदेश लैजान लागेको ९ हजार ४१३ अमेरिकी डलरसहित दोलखा बिगु गाउँपालिका-७ स्थायी घर भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दरका उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई बरामद बिदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।