२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट



अ+ अ-

काठमाडौँ । दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट शुरु हुने भएको छ ।

नेपाल बुद्धिचाल महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलवारबाट शुरु हुने जनाएको हो । ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म सञ्चालन हुनेछ ।

च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भूटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । च्याम्पियनसिपमा हरेक देशबाट एक/एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरी १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् । राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन् । च्याम्पियनसिपमा ग्राण्डमास्टर सायनतन दासको सहभागिता रहने बताइएको छ ।