७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गद्वारी दर्शन गरी फर्केको जीप दुर्घटना



अ+ अ-

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप स्वर्गद्वारी नपा४ उपल्लो भिङ्रीमा दुर्घटनामा भएको छ ।

लु १ च ६३४५ नम्बरको जीपमा चालकसहित ८ जना सवार थिए । दुर्घटनामा परेको ८ जना नै दाङको लमही– ५ का रहेका प्रहरीले बताएको छ । यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

उनीहरु गम्भीर घाइते रहेको र मानवीय क्षतिसमेत भएको हुनसक्ने प्रहरीको आशंका छ ।उनीहरलाई अहिले उद्धार गरी अस्पताल पठाउन कार्य भईरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाकि छ।