२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोप युवक पक्राउ



अ+ अ-

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो । पक्राउ परेका यादवललाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ ।