२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

के तपाईको मोवाइल भाइरसमुक्त छन् त ? यसरी राख्नुस् आफ्नो मोवाइललाई सफा !

के तपाईको मोवाइल भाइरसमुक्त छन् त ? यसरी राख्नुस् आफ्नो मोवाइललाई सफा !
अ अ+ अ-

काठमाडौं । हामीले एकै दिनमा सयौं पटक आफ्नो फोनको प्रयोग गरेका हुन्छौं । जस क्रममा हाम्रो हातमा भएको भाइरस मोवाइलमा सर्न सक्छ । जसलाई हामीले फोन गर्ने क्रममा हाम्रो अनुहारसम्म पुग्छ वा १० पटक हात धुने तर मोवाइल भने एक पटक पनि सफा नगर्ने हो भने हामीले जतिसुकै सावधानी अपनाउँदा पनि भाइरसको संक्रमणबाट जोगिन सक्दैनौं । 

डाक्टर चार्ल्सले केही वर्ष अघि आफ्नो युनिभर्सिटीका विद्यार्थीहरुको फोनको अनुसन्धान गर्दा  उनीहरुको फोनमा ट्वाइलेट सिटमाभन्दा १० गुणा बढी कीटाणू हुने गरेको तथ्य बाहिर आएको थियो । फोनमा भएका यस्ता कीटाणू हाम्रो शरीरमा छिर्ने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले आफ्नो फोन सफा गर्ने गर्म्नुस ताकी त्यस्ता किटाणु हाम्रो हातमा नहोस् । 

नोट : फोन सफा गर्नु अघि तपाइको आफ्नो हात सफा हुनुपर्छ । 

फोन सफा गर्ने तरिका :

१) पहिले आफ्नो फोनलाई स्वीच अफ गर्नुहोस् ।

२) अनि खोल निकाल्नुस् ।

३) फोन सफा गर्दा कुनै रसायन, ह्याण्ड जेल वा खस्रो रुमालको प्रयोग नगर्नुहोला । जसले तपाइको फोनको रक्षात्मक कवचलाई बिगारीदिन सक्छ । सामान्य साबुन र पानीले तपाइँको फोन सफा गर्न सक्छ । 

४) माइक्रोफाईबरले बनेको कपडा सामान्य सावुन र पानीमा भिजाएर त्यसलाई निचोरेर सुख्खा बनाइ सतहमा बिस्तारै पुछ्नुहोस् । पानी छिर्न सक्ने मोबाइल छ भने तपाइको भिजेको कपडा थप शुक्खा हुनुपर्छ । माईक्रो फाइबर क्लोथको प्रयोग गर्दा तपाईंको फोनको स्क्रीन कोरिने सम्भावना हुँदैन । यो कपडा हामीले प्रायः चस्मा सफा गर्नका लागि प्रयोग गरिरहेका हुन्छौँ । अन्य कपडाहरु प्रयोग गर्दा चाहिँ फोन स्क्य्राच हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता कपडा र कागजहरु प्रयोग नगर्नु होला ।

५) एकदम ओसिलो (पानी निचोरिएको) कपडाले फोनको हरेक भागको सफाई गर्नुहोस् । 

६) अब अन्तिममा माइक्रोफाईबरले बनेको सफा कपडाले सबै भाग पुछेर मोवाइल सफा गर्न सकिन्छ । 

यसैगरी मोबाइलको कभर पनि सफा गर्नुहोस् र फोन प्रयोग गर्नुहोस् । 

१) कतिपयले फोन सफा गर्न स्यानीटाइजरको प्रयोग पनि गरिरहेका हुन्छन् । तर धेरै जसो फोनमा चाहिँ त्यसको प्रयोग नगर्न सल्लाह दिइएको हुन्छ । त्यसैले त्यसको साटो पानी उमालेर मन तातो भएपछि माइक्रोफाईबरमा भिजाएर प्रयोग गर्न सक्नु हुन्छ। जुन केहि हदसम्म प्रभावकारी हुन्छ । 

२) बजारमा ल्यापटप तथा फोनको स्क्रीन सफा गर्नका लागि भनेर लगभग दुई तीन सय रुपैयाँमा स्प्रे पाउन सकिन्छ । त्यसको प्रयोग गरेर पनि हामीले फोनको स्क्रीन सफा गर्न सक्छौं । 

३) ट्वाइलेटमा, किचेनमा अनि धेरै धुलो भएको ठाउँमा फोनको प्रयोग सकेसम्म नगर्नुहोस् । प्रयोग गर्नैपरे सफा गर्न नबिर्सिनुहोस् ।