२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमण र मृत्युदर गत वर्षको तुलनामा तेब्बर



अ+ अ-

बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । 

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ” डा पोखरेलले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।” 

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा सङ्क्रमणको दर अझै नियन्त्रणमा नआएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत सङ्क्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफैँ जागरुक नभएसम्म कोरोना सङ्क्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ । 

 
अहिले जिल्लामा एक हजार ७० जना सक्रिय सङ्क्रमित पुगेको छ । यो सङ्ख्या जिल्लामा संक्रिय सङ्क्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लङ्घन भइरहेकाले कारण कोरोना सङ्क्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना सङ्क्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ ।