२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, यी हुन् नयाँ मन्त्रीहरु

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, यी हुन् नयाँ मन्त्रीहरु
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई मन्त्रीको शपथ गराउने तयारी छ ।

नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज साँझ ५ बजेसम्म नयाँ मन्त्रीलाई शपथ गराएपनि कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे आफूलाई जानकारी नभएको बताउनुभयो । 

सर्वोच्च अदालतले गएको ६ जेठमा माओवादी पृष्ठभूमिका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएसंगै ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । जसपाका ठाकुर पक्षमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने करिब तय भएको छ ।

जसपा स्रोतकाअनुसार राजेन्द्र महतो आपूर्ति, शरदसिंह भण्डारी उर्जा, विमल श्रीवास्तव खानेपानी, उमाशंकर अगरिया युवा तथा खेलकुद, अनिल झा शहरी विकास मन्त्रीमा सपथ लिने भएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री परिषद्को  तयारी भएपनि अहिलेसम्म अन्तिम टुङ्गो लागि नसकेको बताउनुभयो । जसपाको पार्टी निर्णय भएर तयारी साथ आएमा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुहुने उहाँले बताउनुभयो ।