२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुँदै



अ+ अ-

काठमाडौं । २ साताअघि रोकिएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आज बाट सुरु हुने भएको छ ।

शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण स्थगित भएको थियो । 

आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको बताएको थियो ।

तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको हो । यस शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट शोको प्रशारण आरम्भ हुन लागेको जानकारी गराएका हुन् ।

कोचहरु प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठ भने अस्पतालमा उपचाररत छन् ।

हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको यस शोमा आज बेलुकी नकआउट चरण अन्तर्गत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।