२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

काठमाडौं उपत्यका : परिवर्तित निषेधाज्ञालाई सबै खुलेको भएको रूपमा नलिन प्रशासनको चेतावनी

काठमाडौं उपत्यका : परिवर्तित निषेधाज्ञालाई सबै खुलेको भएको रूपमा नलिन प्रशासनको चेतावनी
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा शुक्रबार बिहानबाट परिवर्तित निषेधाज्ञा लागु भएको स्थानीय प्रशासनहरूले जनाएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालयहरूद्वारा जारी सूचनामा उल्लेख छ।

बुधबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले पहिलाभन्दा केही खुकुलो व्यवस्थासहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै हाल देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लागु गरिएको गृह मन्त्रालयले जनाएको छ।

किन खुकुलो पारियो ?
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मुख्य गरी दुईवटा कारणले निषेधाज्ञा केही खुकुलो पारिएको हो। "एक त पछिल्ला दिनमा सङ्क्रमण दर केही घटेको देखिएको छ भने सङ्क्रमितले अस्पतालमा शय्या पाउन तथा अक्सिजनको अभाव लगायतका समस्या हटेको छ," उहाँले भन्नुभयो। बस्नेतका अनुसार विगतको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ।

आमनागरिकको जीवनयापनमा पनि केही सहजता आओस् भनेर केही खुकुलो पारिएको उहाँले बताउनुभयो। "तर निषेधाज्ञा पूर्ण रूपमा हटेको र सबै कुरा खुलेको रूपमा मानिसहरूले लिनुभएन। निषेधित कामहरू गर्दा दण्ड-सजायको व्यवस्था छँदैछ," बस्नेतले सचेत गराउनु भयो। बिहीबारसम्म लागु निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरूलाई समेत साताभरिका लागि बन्द गराइएको थियो।

गर्न पाइने कुराहरूः

  • तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न। स्थानीय ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म गर्ने
  • तरकारी, फलफूल, खाद्यान्न दूध तथा दूग्धजन्य पदार्थ र तिनका प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, खाना पकाउने ग्यास लगायतका ढुवानी तथा तिनका यातायात साधनलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन
  • एम्बुलेन्स, खानेपानी, फोहोरमैला व्यवस्थापन, इन्टरनेट, कुरियर र स्वास्थ्य सम्बद्ध सवारीसाधन सञ्चालन
  • निर्माण सामग्री ढुवानीका सवारीसधान राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन
  • मृत्यु संस्कारमा जिल्ला प्रशासनको अनुमतिमा आउजाउ
  • आवश्यक कागजातसहित निवेदन पेस गरेर दुईजना बिरामी कुरुवा आउजाउ
  • परिचयपत्र र पोशाक भएका सुरक्षा गार्डको आवतजावत
  • सूचना विभागको पास भएका सञ्चारकर्मीको आउजाउ तथा नभएकाको हकमा जिल्ला प्रशासन कार्यालयको पास लिएका सञ्चारकर्मीको आवतजावत
  • औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समय निर्वाध रूपमा सञ्चालन

गर्न नपाइने कुराहरूः

  • औषधि खाद्यवस्तु तथा अन्य उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा बाहेक घरबाहिर निस्कन
  • सबै प्रकारका सभा, सम्मेलन, सेमिनार, मनोरञ्जन स्थल, खेलकुद लगायतका कार्यक्रम
  • विवाह तथा व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न
  • नित्य पूजापाठबाहेक सबै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन
  • एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन
  • अत्यवाश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालय सञ्चालन
  • फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवम्‌ कवाडी सङ्कलन गर्ने कार्य
  • स्थानीय प्रशासनले लागु गरेको आदेशको अवज्ञा गर्नेहरूलाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। (बीबीसी नेपाली)